०३ असार २०८३, बुधबार

आमाको आँखामा अझै आँसु

माघ २९, २०७४
आमाको आँखामा अझै आँसु

चितवन, २९ माघ– प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु भएको झण्डै तीन महिना भयो । तर आमा सीता दाहालको आँसु अझै थामिएको छैन । 

छोरा प्रकाशको नाम र फोटो देख्नेबित्तिकै साीता झनै भावुक हुन्छिन् । आँखाबाट आँसु झर्न थाल्छ । कहिले छोरीहरुले त कहिले प्रचण्ड स्वयंले उनको हेरविचार गरिरहेका छन् । 

प्रकाश दाहालको निधनपछि पटक–पटक सार्वजनिक कार्यक्रममा श्रीमान् प्रचण्डसँगै चितवनका विभिन्न कार्यक्रममा सीता उपस्थित हुँदै आएकी छिन् । आइतबार भरतपुर गेस्ट हाउस चौरमा भएको कार्यक्रममा पनि उनी प्रचण्डसँगै थिइन् । कार्यक्रममा प्रकाशको फोटो देख्नेबित्तिकै उनले पटकपटक आँसु पुछेकी थिइन्, नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्