२४ जेठ २०८३, आइतबार

कांग्रेस र माओवादीले समानुपातिकको सूची आज बुझाउँदै

कांग्रेस र माओवादीले समानुपातिकको सूची आज बुझाउँदै

काठमाडौं, २९ माघ– नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेस केन्द्रित दलहरुले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सांसदको सूची आज बुझाउने भएका छन् । एमालेले हिजो नै सूची बुझाएको छ ।

सूची बुझाउने आज अन्तिम दिन हो । निर्वाचन आयोगले सूची बुझाउन साँझ पाँच बजेसम्मको समय निर्धारण गरेको छ । 

समानुपातिकको सूची बुझाउन बाँकी रहेका दलहरु बिहानैदेखि गृहकार्यमा व्यस्त छन् । नामावलीबारे छलफल गर्न नेपाली कांग्रेसले बिहान कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सामानुपातिकतर्फ ४० सिट पाएको कांग्रेसले २० जना महिला पठाउनु पर्नेछ ।

अध्यक्ष प्रचण्ड चितवनबाट फर्किएपछि माओवादी केन्द्रले पनि सूचीको टुंगो लगाउने भएको छ । माओवादीले १७ जनाको नाम पठाउनु पर्ने हुन्छ । संघीय समाजवादी फोरम र राजपाले ६–६ सिट पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्