
काठमाडौं, २९ माघ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले भेटवार्ता जारी छ । पार्टी एकता र नयाँ सरकार गठनको विषयमा छलफल गर्न दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।
ललितपुरको मानभवनमा जारी भेटवार्तामा समसामयिक राजनीतिक घटना क्रमका बारेमा पनि छलफल भइरहेको बुझिएको छ । यसअघि हिजो बसेको एमाले स्थायी समितिको बैठकले फागुनभित्र पार्टी एकता गर्ने निर्णय गरेको थियो । श्रोतका अनुसार पार्टी एकताको खाकाका विषयमा अध्यक्षद्वयबीच छलफलका लागि भेट भएको हो ।