२१ असार २०८३, आइतबार

प्रदेश मन्त्रिपरिषद् : स्थापित भौतिक योजना र जम्कट्टेल 'गृह'मन्त्री

प्रदेश मन्त्रिपरिषद् : स्थापित भौतिक योजना र जम्कट्टेल 'गृह'मन्त्री

काठमाडौं, २९ माघ-प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सोमबार नै प्रदेश प्रमुख अनुराधा कोइरालाबाट शपथ ग्रहण गरेको पौडेलले २ मन्त्री थप्दै मन्त्रिपरिषद् ३ सदस्यीय बनाएका हुन् ।

विस्तारित मन्त्रिपरिषदमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका एक-एक मन्त्री समावेश छन् ।

एमालेका केशव स्थापितले भौतिक योजना तथा निर्माण र माओवादीका शालिकराम जम्कट्टेलले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यी दुवै मन्त्रालय प्रदेशमा निकै महत्वपूर्ण मानिन्छन् । आन्तरिक मामिला मन्त्रालय केन्द्रमा गृहमन्त्रालय भनेजस्तै हो ।

दुवै मन्त्रीले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट सोमबार नै शपथ लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्