
काठमाडौं, १ फागनु– नेपाल र भारतबीच नयाँ हवाई रुट खोल्ने सैद्धान्तिक सहमति भएको झण्डै ५ वर्ष भइसकेको छ । गत वर्ष नेपाल भारतीय प्रतिनिधिबीच भएको दुईपक्षीय वार्तामा नयाँ हवाई रुट थप गर्ने सहमति भएको थियो ।
तर हालसम्म पनि कार्यान्वयनमा भने आउन सकेको छैन । भारतले तत्कालका लागि नेपालगन्ज रुट प्रयोग गर्न दिने भने पनि गत वर्षदेखि कुनै पनि वार्ताहरु अगाडि नबढ्दा नयाँ हवाई रुट खुल्ने प्रक्रिया अझै लम्बिँदै गएको छ ।
नेपालले भारतसँग जनकपुर, नेपालगन्ज, भैरहवाको हवाई रुट मागेको थियो । नेपालले निमार्ण जारी राखेका भैरहवा, पोखरा र निजगढ विमानस्थलका लागि पनि नयाँ हवाई रुट अत्यावश्यक छ । हाल सिमराबाट मात्रै हवाई रुट खुला छ, कारोबारमा खबर छ ।