
काठमाडौं, २ फागुन- आईसीसी विश्व क्रिकेट लिग 'डिभिजन टू'अन्तर्गत क्यानडासँगको निकै नै महत्वपूर्ण खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।
कप्तान पारस खड्काले टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिएका हुन् ।
प्रतियोगिताको शीर्ष २ मा रहँदै विश्वकप छनोट खेल्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ । जितले नेपाललाई विश्वकप छनोटमा पुर्याउने छ ।
क्यानडा र नेपाल दुवैले समान ६ अंक जोडेका छन् । नेट रनरेटमा क्यानडा अघि छ ।
नेपालले यसअघि जितेका ३ वटै खेलमा टस जितेर पहिले फिल्डिङ गरेको थियो ।