
काठमाडौैं २ फागुन–पार्टी एकताको अन्तिम तयारीमा पुगेका नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित पार्टी एकता समायोजन समितिको बैठक शुरु भएको छ ।
ललितपुर स्थित माओवादी निकट व्यापारीको निवासमा जारी बैठकमा नेकपा एमालेका अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत दुबै दलका शीर्ष नेता सहभागि छन् ।
पार्टी एकता संयोजन समितिको बैठकअघि अध्यक्षद्वयबीच छलफल भएको थियो । त्यसअघि एमाले स्थायी समितिको बैठक सोही स्थानमा बसेको थियो ।
दुई अध्यक्षले पार्टीको नेतृत्व सामूहिक ढंगले गर्नेगरी एमाले र माओवादीबीच पार्टी एकताको अन्तिम तयारी भएको छ । बुधवार नै एकताको बिषयमा सांकेतिक घोषणा गर्ने दुइ दलको तयारी छ ।