०५ असार २०८३, शुक्रबार

शे-फोक्सुण्डो तालको गहिराइ पुनः मापन हुने

शे-फोक्सुण्डो तालको गहिराइ पुनः मापन हुने

डोल्पा, ४ फागुन- डोल्पामा पर्ने नेपालकै सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालको गहिराइ पुनः मापन गरिने भएको छ । 

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने ६५० मिटर गहिरो उक्त तालको गहिराइ पुनःमापन गरिने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । उक्त तालको गहिराइ मापन पहिलो पटक २०३६ सालमा भएको भनिएता पनि हाल यसको तथ्यांक कतै भेटिएको छैन । 

सन् २००४ मा ब्याथीमेट्रिक सर्वे विधिबाट वैज्ञानिक अध्ययन गर्दा उक्त तालको जम्मा गहिराई १२५ मिटर मात्र भएको तथ्यांक जल तथा मौसम विज्ञान विभागमा पेश गरिएपछि नेपालको गहिरो ताल नभएको भनेर विवादमा आएको थियो । 

दुर्गम जिल्लाका सर्वसाधारणलाई जानकारी नै नदिई छलकपट गरी विभागका कर्मचारीको मिलेमतोमा तालको गहिराइ मापन गरी नेपालको गहिरो ताल नभएको भनेर प्रचार गरिएको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्