
परासी, ६ फागुन– पूर्वी नवलपरासीको बेलिङटार गाउँपालिकाले कर्मचारी फकाउन कम्तीमा तीन हजारदेखि बढीमा १० हजार मासिक भत्ता दिने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष शशिकिरण बास्ताकोटीले पहाडी क्षेत्रमा कर्मचारीले काम गर्न नमानेकाले प्रशासकीय अधिकृतलाई १० हजार, सुब्बालाई ८ हजार, वडासचिवलाई ६ हजार र कार्यालय सहयोगीलाई ३ हजार मासिक प्रोत्सान भत्ता दिने निर्णय गरेको पुष्टि गरे।
यो निर्णय माघदेखि लागू हुनेछ । छिमेकी गाउँपालिका बुङ्दीले भत्ता दिने निर्णय गरेकाले कर्मचारीको दबाबमा भत्ता दिनु परेको अध्यक्ष बास्ताकोटीले प्रस्ट पारे, अन्नपूर्ण पोस्टमा खबर छ ।