
रुपन्देही ९ फागुन– विकसित पछिल्लो राजनीतिक घटनाक्रम, चुनावी नतिजाको समीक्षा र पार्टीको भावी रणनीति तयगर्न नयाँ शक्ति नेपाल संघीय परिषद्को चौथो विस्तारित बैठक रुपन्देहीमा शुरु भएको छ ।
रुपन्देहीको लुम्बिनी क्षेत्रमा बुधवार शुरु बैठकको नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराइले पिपलको बोटमा पानी हालेर उद्घाटन गरे ।
बैठक उद्घाटनगर्दै उनले बुद्धभूमि लुम्बिनीबाट नयाँ सन्देश लिएर जाने उद्घोष गरे ।
फागुन १२ गतेसम्म चल्ने परिषद् बैठकले पार्टीको भावी रणनीति बनाउने नेता विश्वदीप पाण्डेले जानकारी दिए ।