
धादिङ, १० फागुन– कञ्चन तामाङ गणेशकुण्ड माध्यमिक विद्यालय कक्षा ८ मा पढ्छन् । विद्यालयमा पुस्तकालय हुँदा विद्यार्थीलाई सजिलो हुन्छ , पढ्ने बानी पनि विकास हुन्छ भन्ने उनलाई राम्रोसँग थाहा छ ।
तर, आफ्नो विद्यालयमा पुस्तकालय नहुँदा विभिन्न पुस्तक पढेर ज्ञानको दायरा फराकिलो बनाउने उनको सपना साकार भएको छैन । कञ्चन मात्र होइ, धादिङका खनियाबास मावि गाउँपालिकाको गेणेशकुण्ड माविका अधिकांश विद्यार्थीलाई यस्तै समस्या छ ।
विद्यालयमा पुसतकालय स्थापनाका लागि जिल्ला शिक्षा कार्यालयबाट अुनदान लिएर आठ महिनाअघि नै किताब खरिद गरिसकिएको छ । तर, ती किताब पुस्तकालय होइन बोरामा थन्किएका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।