२४ जेठ २०८३, आइतबार

एमालेले किन लगायो अधिवेशन र सम्मेलनहरु गर्न रोक ?

फागुन ११, २०७४
एमालेले किन लगायो अधिवेशन र सम्मेलनहरु गर्न रोक ?

काठमाडौं, ११ फागुन– नेकपा एमालेले अधिवेशन र सम्मेलनहरु नगर्न जनवर्गीय संगठनहरुलाई निर्देशन दिएको छ । 

बालुवाटारमा शुक्रवार विहान बसेको स्थायी कमिटीको बैठकले माओवादी केन्द्रसँगको पार्टी एकता तयारी भइरहेको कारण पार्टी, जनवर्गीय संगठनहरुको अधिवेशन र सम्मेलनहरु नगर्न निर्देशन जारी गरेको हो  ।

बैठकले माओवादीसँगको एकता गर्ने निर्णय भइसकेको अवस्थामा सबै कमिटी र संगठनहरु तदर्थ बनाउनुपर्ने भएकाले पूर्व निर्धारित अधिवेशन गनर्न निर्देशन जारी भएको भट्टराईले जानकारी दिए । 
तर आन्तरिक भेला, प्रशिक्षणको कार्यक्रमलाई भने निरन्तरता दिने निर्णय भएको सचिव योगेश भट्टराईले जानकारी दिए । 

स्थायी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन गर्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । 

भुगोलको सन्तुलन, पार्टीभित्र नेताहरुको योगदान, योग्यता र क्षमतालाई ध्यानदिँदै मन्त्रीहरुको नियुक्ति गर्न सुझाव दिएको हो । 

प्रधानमन्त्री ओलीले माओवादीसहित संघीय समाजवादी र राजपा नेपालसँग छलफल गरेर मन्त्रिमण्डल विस्तार गर्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्