०३ असार २०८३, बुधबार

नेपालले चाँडै नै आर्थिक विकासमा प्रगति गर्छ-  प्रधानमन्त्री ओली

फागुन ११, २०७४
नेपालले चाँडै नै आर्थिक विकासमा प्रगति गर्छ-  प्रधानमन्त्री ओली

काठमाडौँ, ११ फागुन - प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताउनुभएको छ । 

उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो— “शिक्षा क्षेत्रमा नीतिगत सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता छ ।” 

प्रधानमन्त्री ओलीले सरकार अब आर्थिक समृद्धिको बाटोमा लाग्ने बताउँदै विश्वका अन्य मुलुकजस्तै नेपालले पनि आर्थिक क्षेत्रमा फड्को मार्नुपर्छ भन्नुभयो । 

“विश्वका अन्य देशजस्तै नेपालले पनि चाँडै नै आर्थिक विकासमा प्रगति गर्नेछ”, उहाँले भन्नुभयो, “त्यसैले सरकारको ध्यान अब आर्थिक समृद्धितिर हुन्छ ।” 

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै मुलुकलाई चाँडै नै विकासको गतिमा लैजाने पनि बताउनुभयो । 

हिसानका अध्यक्ष रमेश सिलवालले निजी क्षेत्रले शिक्षामा पु¥याएको योगदानको चर्चा गर्दै सरकारसँग मिलेर निजी क्षेत्रले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि काम गर्ने चाहना भएको बताउनुभयो । 

उहाँले अहिले केन्द्रबाट मात्र सञ्चालित शिक्षा नीतिलाई परिवर्तन गरी प्रदेश र स्थानीय तहमा छुट्टै शिक्षा नीतिको आवश्यकता भएको औँल्याउनुभयो । 

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालसहित १६ देशका ३५० जनाको सहभागिता छ । सम्मेलनमा भारत, चीन, क्यानडा, अमेरिका, अष्ट्रेलियालगायत १५ देशका विश्वविद्यालयका प्राध्यापकले आ—आफ्नो देशका संघीय संरचनाका शिक्षा नीतिका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको हिसानका महासचिव लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । 

नेपालमा संघीय संरचनामा कस्तो शिक्षा नीति आवश्यक हुन्छ भनेर छलफल गर्नका लागि सम्मेलन आयोजना गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्