०३ असार २०८३, बुधबार

संघीय शिक्षासम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

फागुन १२, २०७४
संघीय शिक्षासम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ, १२ फागुन - ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आज यहाँ सकिएको छ । सम्मेलनको समापन प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरे  । 

सम्मेलनको समापन गर्दै उनले संघीय संरचनामा शिक्षा प्रणालीलाई नीतिगत सुधार गर्ने बताएका छन्  । उनले  शिक्षामा पहिलेको भन्दा केही सुधार देखिएकाले अब संघीयतामा शिक्षाको सुधार झनै हुने बताए  । 

उनले  प्रदेश सरकारले व्यावहारिक शिक्षा प्रदान गरेर शिक्षामा चमत्कार गर्ने बताए  । मुख्यमन्त्री पोखरेलले सम्मेलनले आफूहरुलाई संघीयतामा कस्तो शिक्षा लागू गर्ने भन्नेमा सुझाव दिनसमेत आग्रह गरे । 

उच्च माध्यामिक विद्यालय तथा शिक्षालय संघ नेपाल (हिसान)को आयोजनामा भएको सो सम्मेलनमा १६ देशकासंघीयतामा शिक्षा नीतिका बारेमा १८ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । उनीहरुले आफ्नो देशमा भएका संघीय शिक्षाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । 

सम्मेलनमा एक अर्काबीच संघीय शिक्षाबारे अनुभव आदानप्रदान समेत गरिएको थियो । सम्मेलनमा नेपालसहित १६ देशका विभिन्न विश्वविद्यालयका करिब ३५० प्राध्यापकको सहभागिता थियो । 

नेपालमा संघीय संरचनामा कस्तो शिक्षा नीति आवश्यक हुन्छ भनेर छलफल गर्नका लागि सम्मेलन आयोजना गरिएको हिसानका सचिव रामहरि सिलवालले जानकारी दिए । सम्मेलनमा सहभागी हुनका लागि भारत, चीन, अमेरिका, बेलायत, बंगलादेशलगायत देशका विभिन्न विश्वविद्यालयका प्राध्यापक आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्