०७ साउन २०८३, बिहीबार

एक पिएचडी होल्डर जो लाखौं कमाउने जागिर छोडेर जनजाति आदिवासीहरूको सेवा गर्दैछन्

कात्तिक २०, २०७४
एक पिएचडी होल्डर जो लाखौं कमाउने जागिर छोडेर जनजाति आदिवासीहरूको सेवा गर्दैछन्
काठमाडौं - अमेरिकाको ह्युस्टन विश्वविद्यालयबाट इन्जियनियरिङमा पिएचडी गरेका आलोक सागरले अमेरिकामा बसेर लाखौं कमाउन सक्थे होलान् । तर सादा जीवन उच्च विचार भएका यी पवित्रात्माले सुखसुविधा छोडेर आदिवासीहरूको उत्थानका लागि जीवन समर्पण गरेका छन् ।


रिजर्भ बैंक अफ इन्डियाका पूर्वप्रमुख रघुराम राजनका शोध निर्देशक रहिसकेका सागरले मध्यप्रदेशको बेतुल र होशंगाबाद जिल्लामा बस्ने सीमान्तीकृत जनजाति आदिवासी जनजातिको कल्याणका लागि विगत ३२ वर्षदेखि काम गरिरहेका छन् ।

छब्बीस वर्षदेखि कोचामु नाम गरेको अत्यन्त पिछडिएको गाउँमा बसरिहेछन् सागर । त्यो गाउँमा बिजुलीको सुविधा छैन अनि सडक पनि गतिला छैनन् । यहाँ लगभग ७५० आदिवासी बस्छन् ।

गाउँमा जनताको माझमा बसेर मात्र वास्तविक समाजसेवा हुने सागरको विश्वास छ । समाजसेवाको ढोंग गर्नेहरू धेरै हुन्छन् तर वास्तविक काम गर्ने थोरै हुन्छन्, सागर भन्छन् ।

सादा जीवन बिताउने सागर साइकलमा यात्रा गर्छन् र धोती लगाउँछन् । उनी श्रमिक आदिवासी संगठनमा काम गर्छन् ।

जनसेवाका उदाहरणीय व्यक्तित्व हुन् सागर ।

द बिजिनेस इन्साइडर 

कमेन्ट गर्नुहोस्