१२ असार २०८३, शुक्रबार

मन्त्री बन्न एमालेमा अन्तिम रस्साकस्सी

फागुन १४, २०७४
मन्त्री बन्न एमालेमा अन्तिम रस्साकस्सी

काठमाडौँ, १४ फागुन- प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिन पार्टी नेताहरूसँग अन्तिम परामर्श गरेका छन् । सम्भव भएसम्म आज(सोमबार) बेलुकीसम्म मन्त्रीहरूको शपथ गराउने गरी ओलीले आइतबार शीर्ष नेताहरूसँग परामर्श गरेका हुन् ।

‘सोमबार बेलुकीसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने सम्भावना छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘स्थायी समितिको निर्णयपछि प्रधानमन्त्रीले पार्टीका वरिष्ठ नेताहरूसँग पनि परामर्श गरिसक्नुभएको छ । सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ ।’

स्थायी समितिको शुक्रबारको बैठकले शीर्ष नेताहरूको परामर्शमा मन्त्री चयन गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएको थियो ।
एमालेमा प्रभावशाली ५ नेताबीच अर्थमन्त्री र परराष्ट्रमन्त्री बन्ने तीव्र प्रतिस्पर्धा छ ।

उपाध्यक्ष भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा देखिएको हो ।

नयाँ कार्यक्रमसहित बजेट निर्माण र विनियोजन गर्न पाइने भएकाले अर्थ मन्त्रालयको लबिङमा नेताहरू लागेका हुन् ।

उनीहरूमध्ये रावलले परराष्ट्र र बाँकीले अर्थ मन्त्रालय दाबी गरेका छन् । तर, पोखरेल र ज्ञवालीमध्ये एकलाई अर्थ र अर्कोलाई परराष्ट्रमन्त्री बनाउने सम्भावना देखिएको छ, नयाँ पत्रिकामा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्