
काठमाडौं, १४ फागुन- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले अनुशासन तोड्ने कसैसँग सम्झौता नगर्ने बताएका छन् ।
सोमबार उद्योग मन्त्रालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै मन्त्री यादवले अनुशासन पालना गर्न सबैलाई सचेत गराए ।
साथै उनले समयमै कार्यलयमा उपस्थित हुन कर्मचारीलाई निर्देशन दिए । 'म पनि अफिस समयमा आउने मान्छे हुँ, तपाईँहरु पनि समयमै आउनुहोला,' यादवले कडा स्वरमा भने ।
यादवले त्यसअघि शितल निवास पुगेर शपथ ग्रहण गरेका थिए ।