
काठमाडौं १६ फागुन– राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान संशोधनमा सरकार गम्भीर नभएको आरोप लगाएको छ ।
राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बुधवार एक विज्ञप्ति प्रकाशितगरी संविधान संशोधनप्रति इमान्दार पहल गर्न सरकारसँग माग गरेका हुन् ।
‘सरकारले संविधान संशोधन र अन्य महत्वपूर्ण बिषयलाई अत्यन्त गौण राखि त्यसप्रति किचिंत पनि संवेनदशील नदेखिएको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ ठाकुरले विज्ञप्तिमा भनेका छन् ।
संघीय समाजवादी फोरम सरकारमा सहभागि हुन लागेको समयमा आएको राजपाको विज्ञप्तिलाई अर्थपूर्ण ठानिएको छ । 