
पोखरा, २१ फागुन– कानूनको निर्माणका लागि प्रदेश ४ सरकारले विज्ञ पठाइदिन नेपाल सरकारसँग अनुरोध गरेको छ ।
कानूनसहित सूचना प्रविधि, सार्वजनिक खर्च व्यवस्थापन, सुशासन र बजेट तथा योजना तर्जुमा विज्ञ पठाइदिन अनुरोध गर्ने निर्णय प्रदेश मनित्रपरिषदको आइतबारको बैठकले गरेको उद्योगमन्त्री रामशरण बस्नेतले बताए ।
योजना आयोग समेत नभएको हुँदा बजेट तथा योजनाका लागि विज्ञको खाँचो महसुस गरिएको उनले सुनाए । कानून निर्माणका लागि पनि विज्ञकै खाँचो परेको उनले बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।