२२ असार २०८३, सोमबार

गाडीको ठक्करबाट दाङमा एकको मुत्यु

फागुन २१, २०७४
गाडीको ठक्करबाट दाङमा एकको मुत्यु

दाङ, २१ फागुन-गाडीको ठक्करबाट सोमबार दाङमा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तनहुँको रिसिङ गाउँपालिका– ६ का ६१ वर्षीय यामबहादुर थापा रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए । 

पोखराबाट तुलसीपुरतर्फ आउँदै गरको ना५ख ३१०१ नं. को बसले थापालाई ठक्कर दिएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका– १ सुनडबरीमा थापालाई उक्त बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो । 

थापा तुलसीपुरमा रहेका छोरालाई भेट्न दाङ आउँदै गर्दा दुर्घटनामा परेका थिए ।

गम्भीर घाइते थापालाई लमही अस्पताल पु¥याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्