०८ असार २०८३, सोमबार

शशांक पक्ष देउवातर्फ, सिटौला पक्ष विभाजित, गगनले कसलाई हाले भोट  ?

फागुन २२, २०७४
शशांक पक्ष देउवातर्फ, सिटौला पक्ष विभाजित, गगनले कसलाई हाले भोट  ?

काठमाडौं, २२ फागुन- कांग्रेस सभापति शेरबहादुर देउवा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गर्दै संसदीय दलको नेतामा निर्वाचितभएका छन् ।महामन्त्री डा. शशांक कोइराला पक्षका भनिएका केही सांसदसमेतको मत पाएर देउवा दलको नेता निर्वाचित भएका हुन् । 
 प्रतिस्पर्धी सिंहलाई २५ मतले पछि पार्दै ४४ मतसहित देउवा दलको नेता निर्वाचित भएका हुन् । सिंहले भने १९ मत मात्र पाएका छन् ।अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह भने दलको निर्वाचनमा दुई धारमा विभाजित भयो ।निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले ४४ मत प्राप्त गरेर दलको नेतामा सभापति देउवा निर्वाचित भएको बताए । उनले नेता सिंहले भने १९ मत प्राप्त गरेको जानकारी दिए । दलको नेताका लागि अन्तिम समयसम्म पनि सहमतिको प्रयास गरिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताले उपनेता दिने संस्थापन पक्षको प्रस्ताव नमानेपछि नेता छान्न निर्वाचन भएको हो ।
सहमति भए दलको नेता आफैं बन्ने दाउमा रहेका महामन्त्री कोइरालाले भने देउवालाई सघाएको देउवा निकट एक नेताले बताए । ‘डा. साबको समेत भोट सभापतिज्यूलाई नै आउँछ भन्ने पक्का नै थियो, त्यसमा अझै केही थपिएर आयो,’ ती नेताले  भने ।
देउवा निकट स्रोतका अनुसार कोइराला क्याम्पकै सुजाता कोइराला र पहिला देउवानिकट रहेर पछि देउवासँगै चिढिएका भनिएका डा. नारायण खड्काले समेत दलको नेताका लागि देउवालाई नै सघाए । अर्का नेता डा. मीनेन्द्र रिजालले समेत सघाएको देउवानिकट नेताहरू बताउँछन् । यस्तै, सिटौला पक्षका तीन सांसदमध्ये भीमसेनदास प्रधान र उमाकान्त चौधरीले भने देउवालाई नै मतदान गरे भने अर्का सांसद गगन थापाले भने आफू नेतृत्व परिवर्तनको पक्षमा भएकाले सिंहलाई मतदान गरेको बताए, राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्