०३ असार २०८३, बुधबार

उपराष्ट्रपति दोहोर्‍याउने पक्षमा माओवादी

फागुन २२, २०७४
उपराष्ट्रपति दोहोर्‍याउने पक्षमा माओवादी

काठमाडौँ, २२ फागुन- आफ्नो भागमा परको उपराष्ट्रपति पदमा माओवादी नन्दकिशोर पुन ‘पासाङ’लाई नै दोहोर्याउने पक्षमा देखिएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँगको समझदारीअनुसार राष्ट्रपति भण्डारीसँगै पुनलाई नै दोहोर्याउने पक्षमा देखिएकाले माओवादीभित्र कसैले पनि उपराष्ट्रपतिमा दाबी गरेको छैन ।

‘राष्ट्रपति र उपराष्ट्रपति दुवैले कुनै विवादित हुने काम नगरेको हुनाले प्रधानमन्त्रीज्यूसँगको समझदारीमा उपराष्ट्रपति दोहोरिने स्थिति छ,’ नेता जनार्दन शर्माले भने, ‘उपराष्ट्रपतिले विगतमा गरेको योगदानको मूल्यांकनलाई पनि ध्यान दिई कायमै राख्नुपर्छ भन्ने नै मत छ ।’ , नयाँ पत्रिकामा खबर छ |

salt training

कमेन्ट गर्नुहोस्