०३ असार २०८३, बुधबार

वलात्कारीलाई कडा कारबाही गरिने, यस्तो छ सरकारको तयारी

फागुन २४, २०७४
वलात्कारीलाई कडा कारबाही गरिने, यस्तो छ सरकारको तयारी

काठमाडौँ, २४ फागुन - सरकारले महिला हिंसा न्यूनीकरणका लागि छिट्टै नयाँ कार्यक्रम सार्वजनिक गर्ने भएको छ । 

रिपोर्टर्स क्लबले १०८औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज आयोजना गरेको साक्षात्कारमा श्रम, रोजगारी, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले बलात्कारीलाई कडा कारबाही गर्ने गरी कार्यक्रम ल्याउन लागिएको जानकारी दिँदै भनिन् , “बलात्कारीलाई कडा कारबाही गर्छु र दाइजो प्रथालाई निर्मूल पार्छु ।” 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद पुष्पा भुसालले नेपाली महिला आन्दोलनको इतिहासमा योगमाया न्यौपाने, मंगलादेवी सिंह, सहाना प्रधान, शैलजा आचार्य आदिले दिएको योगदानबाट प्राप्त अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्  । 

नेकपा (माओवादी केन्द्र)की नेत्री एवं सांसद सत्या पहाडीले महिलालाई आगामी दिनमा नीतिनिर्माण तहमा अघि बढाउनुपर्ने बताइन्  । नेकपा (एमाले)की नेत्री एवं सांसद रामकुमारी झाँक्रीले महिला अधिकारलाई कार्यान्वयन नगर्दासम्म समतामूलक र न्यायमूलक समाज निर्माण हुन नसक्ने विचार व्यक्त गरिन् । शिक्षासेवी गीता राणाले राजनीतिमा आबद्ध महिला नेत्रीले राजनीतिक अधिकारका लागि र अन्य क्षेत्रमा आबद्ध महिलाले महिलाकै शिक्षाका लागि काम गर्नुपर्ने बताइन्  । 


 

salt training

कमेन्ट गर्नुहोस्