
काठमाडौं, २५ फागुन– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा सभामुखमा उम्मेदवारी नदिने भएको छ ।
'सभामुखको सालिन ब्यक्तित्व र सन्तुलित ब्यवहारले संसद र संसदीय पद्धतिको गरिमा अभिबृद्दी हुने विश्वास नेपाली कांग्रेसले लिएको छ !' सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश भन्छन्,‘‘सिंगो संसदको नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक प्रस्तुति नरहनु नयाँ संसदको नवीन यात्राका लागि सुखद प्रारम्भ हुनेछु, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै भनेका छन्।
सभामुखको सालिन ब्यक्तित्व र सन्तुलित ब्यवहारले संसद र संसदीय पद्धतिको गरिमा अभिबृद्दी हुने विश्वास नेपाली कांग्रेसले लिएको छ !
अत सिंगो संसदको नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक प्रस्तुति नरहनु नयाँ संसदको नवीन यात्राका लागि सुखद प्रारम्भ हुनेछ ! pic.twitter.com/kvBMwANV8I
सभामुखमा वाम गठवन्धनका तर्फबाट कृष्णबहादुर महरा उम्मेदवार बन्ने निर्णय भएसँगै उनी निर्विरोध हुने देखिएको छ ।
संसदमा सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।