
अछाम, २५ फागुन– प्रदेश नम्बर ७ का सामाजिक बिकास मन्त्री दिर्घ सोडारी चढेको गाडी दुर्घटनामा परेको छ ।
मन्त्री चढेकाे गाडी अछामको पूर्वी चौकी गाउँपालिका बिरसैनीमा दुर्घटनामा परेकाे हाे । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ब्रेक फेल भएपछि गाडी दुर्घटनामा परेको हो ।
ब्रेक फेलभएपछि मन्त्री चढेकाे गाडी अगाडि स्कर्टिङमा रहेकाे प्रहरीको भ्यानसँग ठोक्किएको थियो ।
घटनामा कुनै मानवीय क्षति नभएकाे प्रहरीकाे भनाइ छ ।