२१ जेठ २०८३, बिहीबार

सांसदले सदनको काम प्रभावित गर्न खोजे निष्कासन

फागुन २६, २०७४
सांसदले सदनको काम प्रभावित गर्न खोजे निष्कासन

काठमाडौं, २६ फागुन-  संसद बैठकमा आतंक मच्चाएर  सदनको काम प्रभावित गर्ने सांसदलाई मर्यादापालक लगाएर निष्कासन गर्ने व्यवस्था अब कार्यान्वयनमा आउने भएको नेपाल समाचारपत्रमा खबर छ ।

यो व्यवस्था यसअघि कायम भए पनि कार्यान्वयनमा आएको थिएन । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाको अन्तरिम कार्यविधिमा आतंक मच्चाउने सांसदलाई सभामुखले आफ्नो अधिकार प्रयोग गरी कारबाही गर्न सक्ने अधिकारलाई जोड दिइएको छ ।

अन्तरिम कार्यविधिमा लेखिएको छ, 'सदस्यले बैठक कक्षमा शान्ति, सुव्यवस्था तथा अनुशासन भंग गरेमा वा गर्न लागेमा वा सभाको प्रतिष्ठामा आँच आउने किसिमले बैठक कक्षभित्र ध्वंसात्मक  कार्य गरेमा वा बल प्रयोग गरेमा वा गर्न लागेमा वा कुनै भौतिक हानी नोक्सानी पुर्याएमा सभामुखले निजलाई बैठक कक्षबाट तत्काल निष्कासन गर्न मर्यादापालकलाई आदेश दिन सक्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्