२१ जेठ २०८३, बिहीबार
लोकान्तर फलोअप

कुटपिटबाट घाइते चौधरीको उपचार खर्च सरकारले बेहोर्ने, पीडकमाथि सार्वजनिक मुद्दा

फागुन २६, २०७४
कुटपिटबाट घाइते चौधरीको उपचार खर्च सरकारले बेहोर्ने, पीडकमाथि सार्वजनिक मुद्दा

धनगढी, फागुन २६बोक्सीको आरोपमा कुटपिटबाट घाइते भएकी कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलीकी राधा चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था बारे प्रदेश नम्बर ७ का भूमि तथा कृषि मन्त्री विनिता चौधरीले आज जानकारी लिएकी छिन् । 

बिहान अस्पताल पुगेकी मन्त्री चौधरीले उनको उपचार खर्च सरकारले बेहोर्ने बताइन । मन्त्री चौधरीले घटनाका दोषिलाई कारबाहीको दायरामा ल्याउने बताइन । 

यसैबीच आज बस्न लागेको प्रदेशसभाको बैठकमा पनि सांसदहरुले घटनाका बारेमा कुरा उठाउने बताए  दोषिलाई कारबाहीका लागि बैठकमा कुरा उठाउने एक सांसदले जानकारी दिए ।
 
बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरिएको थियो । कुटपिटबाट उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । पेट, छाती, टाउको, खुट्टा, घाँटी, नाक, कानलगायत शरीरका अन्य भागमा चोट छन् ।

भोलेबाबा भनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै उनीमाथि निर्मम कुटपिट गरेका हुन् । आफूलाई भोलेबाबा बताउने २५ वर्षीय रामबहादुरले बोक्सी भगाउने भन्दै कुटपिट गरिरहँदा भेला भएका सयौं स्थानीयमध्ये कसैले पनि नरोकेको पीडितका बुवा जोखन चौधरीले दुखेसो पोखे । 

बोक्सी आरोपमा कुटपिट गर्ने रामबहादुरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनीमाथि सार्वजनिक अपराधको मुद्दा चलाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्