२० असार २०८३, शनिबार

स्वास्थ्यमा सुधार नआएपछि रेशम चौधरी काठमाडौं ‘रिफर’

फागुन २६, २०७४
स्वास्थ्यमा सुधार नआएपछि रेशम चौधरी काठमाडौं ‘रिफर’

धनगढी, २६ फागुन– स्वास्थ्यमा सुधान नआएपछि रेशम चौधरीलाई काठमाडौं रिफर  गरिएको छ । 

गत फागुन २० गतेदेखि कैलाली कारागारमा आमरण अनशन बसेका चोधरी लगायतका थुनुवाहरुको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार सेती अञ्चल अस्पताल लगिएको थियो । तर उनको स्वास्थ्यमा सुधार नआएपछि अस्पतालले चौधरीलाई काठमाडौं रिफर गरेको छ । 

‘सेती अञ्चल अस्पतालले रिफर गरेको छ’ राजपाकी सांसद मालमती रानाले भनिन्,‘कागजी प्रकृया मिलाउन बाँकी छ ।’  

अनशनकारीहरूले रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्