०८ असार २०८३, सोमबार

बेपत्ता बालक भेटिएनन्

फागुन २६, २०७४
बेपत्ता बालक भेटिएनन्

बैतडी, २६ फागुन - मलामी गएका बेला महाकाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बैतडीका एक बालक तीन दिनसम्म पनि भेटिएका छैनन् । 

शिवनाथ गाउँपालिका–६ बसेडीका १२ वर्षीय उत्तमसिंह धनाडी बिहीबार आफन्तको मलामी गएका बेला पौडी खेल्ने क्रममा महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् । 

शिवनाथ गाउँपालिका–१ खाणघाटमा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बेपत्ता बालकको प्रहरी चौकी महाकालीबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले खोजी कार्य गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्