०३ साउन २०८३, आइतबार

एमाले–माओवादी संसदीय दलको संयुक्त बैठक अाज

फागुन २७, २०७४
एमाले–माओवादी संसदीय दलको संयुक्त बैठक अाज

काठमाडौं, २७ फागुन– पार्टी एकता प्रक्रियामा रहेका वाम गठबन्धन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको संयुक्त बैठक आइतबार बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसद्को प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रमको सन्दर्भमा गठबन्धनका दुवै दलले आफ्नो संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् ।

बैठक मध्याह्न १२ः३० बजे बस्नेछ । संसदीय दलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

संयुक्त बैठकपछि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्