११ साउन २०८३, सोमबार

प्रदेश नं. ५ का मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

फागुन २७, २०७४
प्रदेश नं. ५ का मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

बुटवल, २७ फागुन- प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आइतबार विश्वासको मत लिने भएका छन् । कार्यव्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले आवश्यक कार्यसूची तय गरेको छ ।

आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने तय भएको छ । 

यस्तै, बैठकमा अन्य दुई विधेयकहरू समेत प्रस्तुत गर्ने र ती विधेयकसहित अर्को मस्यौदा समेत सांसदहरूलाई छलफलका लागि उपलब्ध गराउने गरी कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आइतबारको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि ऐन, स्थानीय तहका सेवा सुविधासम्बन्धी ऐन प्रस्तुत गरिनेछ, जुन प्रदेश सरकार र मातहतका सरकारका लागि महत्वपूर्ण विषय हुन् ।

salt training

कमेन्ट गर्नुहोस्