१६ असार २०८३, मंगलबार

दौरा सुरवाल लगाएर महराले लिए शपथ

फागुन २७, २०७४
दौरा सुरवाल लगाएर महराले लिए शपथ
तस्वीर: रासस

काठमाडौँ, २७ फागुन- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । 

नेकपा (माओवादी केन्द्र)का नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायत उपस्थित हुनुहुन्थ्यो । 

salt training

कमेन्ट गर्नुहोस्