
काठमाडौं, २७ फागुन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रति जनताका अपेक्षा धेरै रहेकोले यसलाई पूरा गर्न लाग्नु पर्ने बताएका छन् ।
उनले अब भाषण भन्दा पनि जनताले एक्सन खोजेको बताए ।
‘जनताले यो देशमा अराजकता होइन, वेथिती र विकृति होइन, विकासको नयाँ युग शुरु हुनुपर्छ भनेर मत दिएका हुन,’ प्रचण्डले भने, ‘देशका सबै विकृति र विसंगतिविरुद्ध सरकारले कठोर कदम चालोस् ।’
प्रचण्डले यति बलियो सरकार बिरलै गठन हुने भएकोेले अब काम गर्नुपर्ने समय आएको बताए । ‘तपाईंहरूको हात बलियो छ, भ्रष्टाचार नियन्त्रण गर्न कठोर कमल चाल्नुहुनेछ भनेर विश्वास गरेको छ,’ उनले भने ।