१९ असार २०८३, शुक्रबार

विप्लवबारे गृहमन्त्री बादल : राजनीतिक कुरा नमाने कानूनी कारबाही (भिडियो)

फागुन २७, २०७४
विप्लवबारे गृहमन्त्री बादल : राजनीतिक कुरा नमाने कानूनी कारबाही (भिडियो)

काठमाडौं, २७ फागुन– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अझै पनि देशलाई राजनीतिक अस्थिरतातर्फ धकेल्न चाहने तत्व सक्रिय रहेको भन्दै त्यस्ता तत्वलाई कानून बमोजिम कडा कारबाही गरिने बताएका छन् । देशको शान्ति सुरक्षामा ३ प्रकारका चुनौती रहेको बताउँदै उनले त्यस्ता चुनौती सामना गर्न सरकार र गृह मन्त्रालय दृढ रहेको पनि बताए । 

आफ्नो पूर्व ‘सहयोद्धा’ नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहेका नेत्रबिक्रम चन्द ‘विप्लव’तर्फ संकेत गर्दै गृहमन्त्री बादलले राजनीतिक सहमतिका लागि आह्वान गरिने र त्यसमा अटेरी गरे कानूनी कारबाही गरिने चेतावनी दिए । ‘राजनीतिक विषय र एजेण्डासहित आएका समूह तथा व्यक्तिसँग सरकारले पहिले राजनीतिक रुपमा नै डिल गर्छ,’ आइतवार गृह मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै बादलले भने, ‘राजनीतिक आह्वान नमान्ने तत्वलाई कानून बमोजिम कडा कारबाही हुन्छ ।’

पत्रकारसँगको अन्र्तक्रियामा गृहमन्त्री बादलले देशको अर्थतन्त्र दलाल र तस्करहरुले नियन्त्रणमा राखेको बताउँदै अब त्यस्ता तस्कर र दलालविरुद्ध कडा कदम चालिने बताए । राज्यलाई तिर्नु पर्ने कर नतिर्ने, आर्थिक दलाली गर्ने, भ्रष्टाचार गर्ने व्यक्तिविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बादलको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्