२९ असार २०८३, सोमबार

राष्ट्रियसभा अध्यक्षका लागि मनोनयन दर्ता आज

फागुन २८, २०७४
राष्ट्रियसभा अध्यक्षका लागि मनोनयन दर्ता आज
सन्दर्भ तस्वीर

काठमाडौं, २८ फागुन– राष्ट्रियसभाको अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । उम्मेदवार छनोटका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयन दर्ताको समय रहेको छ ।

माओवादीसँगको भागबन्डाअनुसार आफ्नो भागमा परेको राष्ट्रियसभा अध्यक्षको उम्मेदवारको टुंगो लगाउन एमालेले पार्टीभित्र छलफल गरेको छ । उम्मेदवार टुंगो लगाउने विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सोमबार बिहानैदेखि नेताहरुसँगको परामर्शमा छन् । 

एमालेले पर्शुराममेघी गरुङ र गणेश तिमिल्सिना मध्ये एकलाई उम्मेदवार बनाउने सम्भावना छ । तर अहिले नै टुंगो भने लागेको छैन ।

यस्तै कांग्रेसले पनि आफ्ना उम्मेदवार खडा गर्ने नगर्ने बारे निर्णय गरेको छैन । राष्ट्रियसभामा एमालेका २९, कांग्रेस र माओवादीका समान १३ तथा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई दुई गरी ५९ सदस्य रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्