
काठमाडौं, २८ फागुन– आज छापावाला सुन प्रति तोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ३ सय रुपैयाँ रहेको छ ।
हिजोको तुलनामा छापावाला र तेजावी सुनको मूल्य १ सय रुपैयाँले कम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुन प्रति तोला ५७ हजार ७ सय तेजावी सुन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।