
काठमाडौं, २८ फागुन–त्रिभुवन विमानस्थलमा दुर्घटना परेको यूएर बंगलाको विमानकाका घाइतेहरुलाई उपचारको लागि लगिएको छ । जसमध्ये धेरैको अवस्था गम्भीर रहेको र विमानबाट उद्धारगरि लगिएका मध्ये केहीको अस्पताल मै मृत्यु भएको छ ।
केएमसी अस्पताल सिनामंगल लगिएका मध्ये ६ जनालाई मृत घोषणा गरिएको छ । मृतकमध्ये ३ जनाको पहिचान खुलेको छ । पहिचान खुलेका मध्ये सजना देवकोटा, प्रबिण चित्रकार र हरिशंकर पौडेल रहेको अस्पतालमा रहेको प्रहरीले जनाएको छ । त्यस्तै एक विदेशी रोकिबुल हसन मृतक रहेका छन् ।
विमानबाट २३ जनाको शव निकालिएको छ ।
थप विवरण आउँन बाँकी छ ।