×

NMB BANK
NIC ASIA

'ममी, म प्लेन चढें' भन्दै बंगलादेशबाट छोरीले फोन गरेकी थिइन्

फागुन २८, २०७४

NTC
Premier Steels

काठमाडौं, २८ फागुन– सोमबार(आज) दिउँसो १२ बजे ‘ममि म प्लेन चढें’ भन्दै पाटनकी आसना शाक्यले आमा रुपालाई फोन गरिन् ।

Muktinath Bank

पाटनकी रुपा शाक्य साढे १ बजेपछि छोरी लिनका लागि त्रिभुवन विमानस्थल पुगिन् । विमानस्लमा छोरीलाई लिन गएकी रुपा त्यतिखेर सितांग भइन् जुन समयमा विमानस्थलमा धुवाको मुस्लो उड्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नी छोरी विमानबाट ओर्लने समयमा विमानमा आगलागी भएको विमानस्थलबाट प्रस्ट देखेपछि उनलाई छटपटि भयो । 


Advertisment
Nabil box
Kumari

केहीबेर विमानस्थलमा यताउति गरेकी रुपमा त्यतिबेला छांगाबाट खसेजस्तै भइन् जतिबेला समाचारहरुमा बंगलादेशबाट आएको विमानमा आगलागी भएको सूचना आयो । 

Vianet communication

विमान दुर्घटनामा परेकालाई लिएर एम्बुलेन्सहरु अस्पताल तर्फ कुदेपछि उनी पनि त्यसतर्फ जान चाहन्थिन् तर कहाँ जाने ?

केही बेरमा उनले पत्ता लगाइन् घाइतेलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगिएको छ । 

त्यसपछि उनी त्यतै लागिन् । 

अस्पताल पुगिन् तर उनले छोरी भेट्न सकिनन् । 

अस्पतालले जारी गरेको घाइतेको नाममा उनको छोरीको नाम थिएन । 

रुपा छोरी भेटिने आशामा थिइन् । अरु घाइते कुन अस्पताल लगेको छ भन्दै उनी खोजी गर्दै थिइन् ।

यो समाचार तयार पार्दासम्म विमानमा रहेका चालक दलका सदस्यसहित ७१ जनाको नाममा आसना शाक्यको नाम थियो ।  उनको अवस्था बारे आमा र आफन्त चिन्तित थिए । आसनाको अवस्थाबारे हामीले स्वतन्त्र पुष्टि गर्न सकेनाै‌ ।

विमानमा ३३ जना नेपाली रहेको विमानस्थलले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x