
काठमाडौं, १ चैत– नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता पाउने पक्का भएको छ । एकदिवसीय मान्यता नेपाली क्रिकेटका लागि अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो ।
एकदिवसीय मान्यताका लागि महत्वपूर्ण मानिएको पपुवा न्यूगिनीसँको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । त्यसपछि नेदरल्याण्डले हङकङलाई पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाएको हो ।
नेदरल्याण्डसँग हङकङ विजयी भएको भए नेपालले एकदिवसीय मान्यता पाउन सातौं स्थानका लागि हुने खेलमा हङकङसँग खेल्नु पर्दथ्यो । र हङकङकलाई हराउनै पर्दथ्यो ।
यद्यपि अब पनि नेपालले नेदरल्याण्डसँग अन्तिम खेल खेल्नुपर्ने छ । तर नेदरल्याण्डसँको खेलमा जस्तोसुकै नतिजा आएपनि नेपालले ४ वर्षका लागि ओडीआई स्टाटस पक्का गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (काउन्सिल)ले नेपालले एकदिवसीय मान्यता पाएको भन्दै बधाइ दिएको छ । आईसीसीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत नेपाली क्रिकेट टोली र नेपाली क्रिकेट प्रसंशकलाई ‘वान डे’ मान्यता पाएकोमा बधाइ दिएको हो ।
Congratulations to Nepal! 🇳🇵
They will be an ODI team following #CWCQ after it was confirmed they will face Netherlands in the 7th place play-off! pic.twitter.com/t4zidcO4j1— ICC (@ICC) March 15, 2018