२८ असार २०८३, आइतबार

पारस खड्का सर्वाधिक सफल कप्तान

चैत २, २०७४
पारस खड्का सर्वाधिक सफल कप्तान

काठमाडौं, २ चैत– नेतृत्वको हैसियतले टोलीलाई एकपछि अर्काे सफलतातर्फ डोहोर्याएका पारस खड्का नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान दरिएका छन्। 

उमेर समूहदेखि नै नेपाली टोलीबाट खेल्दै आएका पारसले नेपाली सिनियर टोलीलाई टीट्वेन्टी विश्वकप मात्रै खेलाएनन्, ५० ओभरको क्रिकेटमा डिभिजन–५ देखि डिभिजन–१ सम्मको यात्रा गराएका छन्।

उनकै प्रदर्शन र नेतृत्वमा नेपाली टोलीले बिहीबार एकदिवसीय टोलीको मान्यता पनि पक्का गरेको छ। नेपाली टोलीका यी सबै सफलतामा कप्तान पारसले मैदानभित्र गर्ने निर्णय मात्रै सफल भएको छैन, बल र ब्याटबाट उनले र्पुयाएको योगदान पनि निर्णायक बन्दै आएको छ।, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्