११ साउन २०८३, सोमबार

नेपाल दाना उद्योग संघमा नयाँ नेतृत्व

नेपाल दाना उद्योग संघमा नयाँ नेतृत्व

काठमाडौं, २ चैत– नेपाल दाना उद्योग संघको १७ औँ साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । यहि चैत्र २ गते होटल याक एण्ड यति होटलमा सम्पन्न साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको प्रमुख आतिथ्य तथा नेपाल सरकारको विशिष्ट व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।

उक्त साधारण सभाले अध्यक्षमा रविन पुरीलाई निर्वाचित गरेको छ भने प्रथम उपाध्यक्ष शंकर प्रसाद कडेल, द्वितीय उपाध्यक्षमा प्रदिप कुमार रुङ्टा, तृतिय उपाध्यक्ष ज्ञानेन्द्र पराजुलि निर्विरोध निर्वाचित हुनुभएको छ । 

त्यसैगरी महासचिवमा केशवराज थापा, कोषाध्यक्षमा उमेश चन्द्र सापकोटा र सचिवमा दुर्गाप्रसाद भण्डारी निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा चन्दश्कान्त बराल, राजकुमार पराजुलि, ज्ञानेन्द्र प्रसाद उपे्रती, डा. दिनेस गौतम, मदन केशी, गोपाल टण्डन, देवीप्रसाद गौतम, सुरेन्द्रराज प्रधान, विनोद पोखरेल र कविन्द्र प्रसाईं निर्वाचित भएका छन् ।

२०४७ सालमा स्थापना भएको नेपाल दाना उद्योग संघ हाल देशभर पशुपंक्षीको दाना उत्पादन सम्बन्धी काम गर्ने १०४ वटा कम्पनीहरु आवद्घ रहेका छन् । 

विगत २७ वर्षदेखी पशुपंक्षिको दाना उत्पादनमा आत्मनिर्भरता कायम गर्दै आएको उक्त उद्योगले करिब २ लाख नागरीकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै आएको छ भने कुल राजस्वमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्