
गुलरिया, ३ चैत– बर्दियास्थित जिल्ला प्रशासन कार्यालयमा करिब ४ सय ५० गैरनागरिकले नेपाली नागरिकता लिएको उजुरी परेको १० वर्ष बित्यो । उजुरीउपर अहिलेसम्म छानबिन भने हुन सकेको छैन ।
६ महिनाअघि पनि त्यस्तै प्रकृतिको उजुरी प्रशासनमा दर्ता भयो । ‘हाल बढैयाताल गाउँपालिकामा बसोबास गर्ने सुबराती साईलगायत ७ जना भारतीय नागरिकले नेपाली नागरिकता लिएकाले छानबिन गरी कारबाही गरिदिन’ भन्दै परेको उजुरीमाथि पनि अनुसन्धान शुर हुन सकेको छैन ।
करिब एक दशक यता स्थानीय प्रशासनमा झुटो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेको भन्दै ४ सय ५० बढी उजुरी परिसकेका छन् । उजुरी परेका अधिकांश फाइल गायब भएका छन् ।, कान्तिपुरमा खबर छ ।