०३ असार २०८३, बुधबार

डान्स रियालिटी शो बूगी वूगी प्रिमियर, होला नेपाल आइडल जस्तै चर्चित ?

डान्स रियालिटी शो बूगी वूगी प्रिमियर, होला नेपाल आइडल जस्तै चर्चित ?

नेपालको पहिलो अन्तराष्ट्रिय फ़्रेञ्चाईज सिंगिंग रियालिटी शो नेपाल आइडलको  सफलता पछी अर्को अन्तराष्ट्रिय फ़्रेञ्चाईज डान्स रियालिटी शो बूगी वूगी (BOOGIE WOOGIE ) यहि चैत्र पन्ध्रमा टेलिभिजन प्रिमियर हुने भएको छ ।

सन् १९९६मा भारतका नावेद जाफरी र रवी भेलले सुरुगरेको यो डान्स रियालिटी शो बूगी वूगीको नेपाली संस्करणमा चर्चित अभिनेता एबं कुशल नृत्यकार दिलिप रायमाझी, चर्चित अभिनेत्री प्रियंका कार्की अनि आजका व्यस्ततम कोरियोग्राफर कविराज गहतराज निर्णायक रहेका छन ।

अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतको नेपालको पहिलो एच डी च्यानल एपी वानबाट यो शो प्रशारण हुने छ । चैत्र पन्ध्र (मार्च २९)गते बिहिबार बेलुकी ८ बजे प्रिमियर गरिने बूगी वूगीको यो पहिलो एपिसोडमा देशभर बाट छानिएर आएका हजारौ सहभागीबाट उत्कृष्ट सय अनि सयबाट पनि उत्कृष्ट भएका १८ प्रतिस्प्रर्धीहरुले आनो नृत्य कला प्रस्तुत गर्नेछन ।

बूगी वूगीलाई यसअघी थुप्रै टेलिभिजन अनि मिडियाहरुमा कार्यक्रम निर्माताका रुपमा काम गरिसकेका एलिन श्रेष्ठले निर्देशन गरेका छन । बूगी वूगीको नेपाली संस्करणका बिजेताले कार, १५ लाख नगद तथा बिभिन्न कंट्रयाक्ट पुरस्कार प्राप्त गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्