०३ साउन २०८३, आइतबार

प्रदेश राजधानीमै सरकारी मोटरसाइकल दुरुपयोग, सरकार निरीह

चैत ३, २०७४
प्रदेश राजधानीमै सरकारी मोटरसाइकल दुरुपयोग, सरकार निरीह

सुर्खेत, ३ चैत –स्थानीय तहका कर्मचारीले सरकारी नम्बर प्लेटका मोटरसाइकलको दुरुपयोग गर्ने गरेको पाइएको छ । 

स्थानीय तहका कर्मचारीहरुले शनिबारका दिन उक्त मोटरसाईकलको प्रयोग गरी दुरुपयोग गरेका हुन् । 

 कर्णाली प्रदेशका करीब तीन दर्जन कर्मचारीले ३६ ओटा मोटरसाईकल जिल्ला समन्वय समिति सुर्खेतमा आउन प्रयोग गरेको पाइएको हो ।  

तर प्रदेश सरकार र अन्य निकाय भने यसबारेमा निरीह देखिएको छ । 

उनीहरु कर्णाली प्रदेश कर्मचारी संघको प्रथम अधिबेसनमा सहभागि हुन वीरेन्द्रनगरमा आएका थिए ।

 बिदाको दिनमा सरकारी मोटरसाइकल दुरुपयोग गरिनु कर्मचारीको दम्भ प्रमुख कारण रहेको स्थानीय सन्त रोकाया बताउँछन् । 

‘प्रदेशको राजधानीमै यसरी सरकारी मोटरसाईकल विदाको दिनमा प्रयोग हुने गरेका छन् भने कर्णाली प्रदेशका अन्य जिल्लाको हालत के होला ?’ उनले प्रश्न गरे ।

वीरेन्द्रनगरकै अर्का स्थानीय सुशीला शाहीले कर्मचारीहरुमा मनपरि बढेको बताइन् । 

बरिष्ठ अधिवक्ता कृष्णबहादुर हमालले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको खण्डमा मात्रै प्रयोग गर्न पाउने कानुुनी व्यवस्था रहेको बताए । 

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले विदाको दिनमा सरकारी गाडी प्रयोग गर्न  नपाईने बताए । त्यसकालागि स्थानीय सरकारले नै रोक्नुपर्नेमा उनको भनाई छ ।

यता गाउपालिका महासंघ कर्णाली प्रदेशका प्रदेश संयोजक कविन्द्र कुमार केसीले कर्मचारीहरु अधिवेशनमा आएकाले प्रयोग गरेको हुनसक्ने अनुमान गरे । उनले आगामी दिनमा यस्तो छुट नदिने पनि बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्