०८ असार २०८३, सोमबार

स्थानीय तहको  बजेटजति सडकमै

चैत ४, २०७४
स्थानीय तहको  बजेटजति सडकमै

परासी, ४ चैत  — ढिलो गरी योजना सम्झौता अघि बढाएका स्थानीय तहले यसपालि पनि अधिकांश बजेट सडक निर्माण र कालोपत्रेमै खर्चने भएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता योजनामा तत्काल प्रतिफल र काम गरेजस्तो नदेखिने भन्दै जनप्रतिनिधि सडकमै केन्द्रित भएका हुन् ।

कान्तिपुर लेख्छ- स्थानीय तहमा अहिले धमाधम उपभोक्ता र नगर–गाउँपालिकाबीच योजना सम्झौता भइरहेको छ । तीमध्ये ५० प्रतिशतभन्दा बढी सडककै छन् । ‘जनताले देख्ने गरी विकास गर्न’ जनप्रतिनिधिले सडक योजनालाई प्राथमिकता दिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्