०८ असार २०८३, सोमबार

खारेज हुँदैछ शिक्षा विभाग

चैत ९, २०७४
खारेज हुँदैछ शिक्षा विभाग

 काठमाडौं, ९ चैत -  माध्यमिक तह हेर्ने शिक्षा विभाग स्थापना भएको १८ वर्षपछि खारेज हुने भएको छ। माध्यमिक शिक्षा स्थानीय निकायमा हस्तान्तरण हुने भएपछि सो विभाग खारेज गर्न लागिएको हो। 

 यसको अन्तिम गृहकार्य थालिएको शिक्षा मन्त्रालयले जनाएको छ।

आजको नेपाल समाचार पत्र लेख्छ- विभाग खारेजपछि विभागअन्तर्गतका निकायहरुको व्यवस्थापन गर्ने विषयमा भने सरकारले कुनै निर्णय गरेको छैन। ०५६ सालअघि सञ्चालित आधारभूत तथा प्राथमिक शिक्षा परियोजना र माध्यमिक शिक्षा विकास परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमको सार्थक कार्यान्वयन गराउने र क्षत्रीय शिक्षा निर्देशनालय एवं जिल्ला शिक्षा कार्यालयहरूलाई सक्रिय बनाई शैक्षिक प्रणालीलाई बढी प्रभावकारी बनाउे उद्देश्यले ०५६ जेठ ९ मा शिक्षा विभाग स्थापना भएको थियो। 
विभाग खारेज हुने प्रायः निश्चित भएको जानकारी दिँदै शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले भने, ‘नयाँ आर्थिक वर्षदेखि विभाग रहने छैन। तर विभागले गर्ने केही महत्त्वपूर्ण काम केन्द्रीय निकायबाटै सञ्चालन हुनेछन्।’ 
 

salt training

कमेन्ट गर्नुहोस्