
काठमाडौं, ९ चैत - सरकारले धार्मिक र विभिन्न समुदायका चाडबाडका लागि दिइने सार्वजनिक बिदा कटौती गर्ने भएको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।
बिदासम्बन्धी निर्णय गर्ने जिम्मेवारी पाएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा 'क'का उपसचिव भरतकुमार शर्माका अनुसार शाखाले बिदाको खाका बनाएर क्याबिनेटमा पठाइसकिएको छ ।
गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको मन्त्रिपरिषदको सामाजिक समितिले छलफल गरिसकेपछि क्याबिनेटले निर्णय गर्ने शर्माले बताए ।