२२ जेठ २०८३, शुक्रबार

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं, १० चैत– हिजोबाट शुरु भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । 

नेताहरुले बोल्ने क्रम नसकिएकाले बैठक आज पनि बस्न लागेको हो । निर्वाचन समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले बैठक डाकेको हो । 

बैठकको पहिलो दिन बोलने नेताहरुले समसामयिक राजनीति र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणामबारे समीक्षा गरेका थिए । हिजोको बैठकमा पार्टीका नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र नारायण खड्काले धारणा राखे । 

उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका थिए । निर्वाचन समीक्षा र समसामयिक राजनीतिक विषयमा धारणा राख्ने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले केन्द्रीय समिति बैठक केही दिन लम्बिन सक्ने नेताहरुले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्