२२ जेठ २०८३, शुक्रबार

निको हुन्छन् ९० प्रतिशत क्षयरोग

निको हुन्छन् ९० प्रतिशत क्षयरोग

चितवन, १० चैत-क्षयरोगका कारण मानिसको मृत्यु हुने संख्या घटेर गएको छ । यसका साथै बिरामी पनि घट्दै गएको देखिन्छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठरोग अधिकृत जयराम दुवाडीका अनुसार गत आर्थिक वर्षमा ९८१ जना क्षयरोगका बिरामी थपिएकामा ३८ जनाको मृत्यु भएको थियो । आव २०७२/७३ मा एक हजार ३४ जनामा क्षयरोग देखिएको र ५१ जनाको मृत्यु भएको दुवाडीले बताए । चालु आवको पहिलो चौमासिकमा ३२५ जनामा क्षयरोग देखिएको छ । त्यस चौमासिकमा एक जनाको मात्र मृत्यु भएको उनले बताृ र

दोस्रो चौमासिकको समीक्षा भइनसकेकाले तथ्यांक संकलन हुन सकेको छैन ।

बिरामी निको हुनेदर ९० प्रतिशत पुगेको बताउंँदै उनले सचेतना बढेसंँगै बिरामीको संख्यामा कमी आएको र मृत्युदर घटेको बताए । कार्यालयले गत आवमा सेवा केन्द्र ५७ ठाउँबाट बढाएर ६० ठाउंँसम्म पुर्‍याएको छ भने १४ वटा प्रयोगशालालाई बढाएर १८ वटा पुर्‍याएको छ ।

जिल्लामा देखिएका क्षयरोगीमध्ये ७० प्रतिशत फोक्सोका अन्य शरीरका ग्रन्थी, पेट, हड्डी लगायतका रहेको दवाडीले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयले क्षयरोग निवारण संस्था र विराट नेपाल मेडिकल ट्रष्टसँग मिलेर रोग निवारणको लागि काम गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्