२२ असार २०८३, सोमबार

पन्ध्र हजार स्याउका बिरुवा वितरण

कात्तिक २०, २०७४
पन्ध्र हजार स्याउका बिरुवा वितरण
लोकान्तर संवाददाता
जुम्ला, १९ माघ –जिल्ला कृषि विकास कार्यालयले किसानलाई ९८ प्रतिशत अनुदानमा १५ हजार स्याउका बिरुवा वितरण गरेको छ ।
कृषिप्रसार कार्यक्रमअन्तर्गत जिल्ला कार्यालय र त्यस अन्तर्गतका सेवा केन्द्रबाट स्याउका बिरुवा वितरण गरिएको हो । स्याउ नर्सरीबाट रु ४० मा बिरुवा खरिद गरी किसानलाई दुई रुपैयाँमा बिरुवा उपलब्ध गराएको कार्यालयका प्राविधिक सहायक खेमराज शाहीले जानकारी दिए ।

व्यक्तिलाई १० वटा तथा समूहमा आउनेलाई ३० वटा बिरुवा उपलब्ध गराइएको छ । किसानको सहजता र स्याउ बगँैचा स्थापनामा सघाउ पुगोस् भनेर बिरुवा वितरण गरिएको शाहीले बताए । स्याउ आत्मनिर्भर कार्यक्रमअन्तर्गत कार्यालयलाई प्राप्त भएका ३ सय ३० निवदेनमध्ये प्रतिव्यक्ति १ सय ५० बिरुवा दिनेगरी सय जनालाई छनोट गरिएको छ ।

“छनोट भएका कृषकलाई खरिद मूल्यको ५० प्रतिशत कम मूल्यमा प्रति बिरुवा रु २० का दरले १५ हजार बिरुवा वितरण गरेका छौँ,” उनले भने । यस वर्ष ३० हजार बिरुवा वितरण गरिएको छ ।

यस वर्ष जिल्लामा एक लाख ४५ हजार स्याउका बिरुवा उत्पादन भएको थियो । दर्ता भएका २८ स्याउ नर्सरीबाट एक लाख १० हजार तथा दर्ता नभएका नर्सरीबाट ३५ हजार स्याउका बिरुवा उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्ला कार्यालयसँगै हाडसिङ्जा, नराकोट, तातोपानी र डिल्लीचौर सेवा केन्द्रबाट बिरुवा वितरण गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्